मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनकुमार शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

बागलुङ उद्योग वाणिज्य संघको १९औँ अधिवेशनबाट राजनकुमार शाक्य अध्यक्षमा निर्वाचित भएका छन्।

शनिबार भएको मतदानमा शाक्य ६४४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी उमाकान्त शर्माले ५१९ मत पाए। दुवैजना कांग्रेसनिकट हुन्।

संघको उद्योग सदस्यतर्फ रामप्रसाद शर्मा र चूडामणि सापकोटा निर्वाचित भएका छन्। महिला सदस्यमा सविता आचार्य, कमला पराजुली र सिर्जना राजभण्डारी निर्वाचित भए।

खुला सदस्यमा ऋषिराम गौतम, अकिलबहादुर केसी, अर्जुनप्रसाद कँडेल, इन्द्रमणि पौडेल, उमेश केसी, दीपक हमाल, चन्द्रराज रेग्मी, नवीनकुमार श्रेष्ठ, बद्री ढुंगाना, मनीष राजभण्डारी, राजु गौतम, श्रीजय श्रेष्ठ र सुदीपसागर कँडेल निर्वाचित भएका निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिए।

निर्वाचित भएपछि शाक्यले उद्योग वाणिज्य संघलाई व्यावसायिक बनाउने बताए। उनले पर्यटन प्रवर्द्धन गर्ने र व्यावसायिक शिक्षा दिने गरी संघले काम गर्ने बताए।