मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालमा सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

सामसुङ नेपालले ग्यालेक्सी ए५६ फाइभ–जी, ग्यालेक्सी ए३६ फाइभ–जी र ग्यालेक्सी ए२६ फाइभ–जी सार्वजनिक गरेको छ। पहिलोपटक ग्यालेक्सी ‘ए’ सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरिएको कम्पनीले जनाएको छ।

ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी  ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउने सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले जानकारी दिए।

ग्यालेक्सी ए सिरिजका फोनहरूमा अघिल्लो वर्ष अति चर्चित गुगलको ‘सर्कल टु सर्च’ विशेषता अब थप उन्नत भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ। यो फिचरले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना वा युआरएल सजिलै पहिचान गर्न सक्छ, जसले गर्दा प्रयोगकर्ताले एक ट्यापमा नै कार्य पूरा गर्न सक्छन्। ‘सर्कल टु सर्च’ले गीतहरू पनि तत्काल पहिचान गर्न सक्छ।

ग्यालेक्सी ए सिरिजका सबै डिभाइसहरूमा ५० एमपी मुख्य क्यामेरा तथा ‘अब्जेक्ट इरेजर’ सुविधा उपलब्ध छ। यसले प्रयोगकर्तालाई फोटोबाट अनावश्यक वस्तुहरू हटाउन मद्दत गर्दछ।

ग्यालेक्सी ए५६, ए३६ र ए२६ मार्च २८ देखि नेपालका सबै सामसुङ आधिकारिक स्टोरहरूमा उपलब्ध छन्। साथै, सामसुङ इन्स्टा फाइनान्स सेवाको माध्यमबाट ग्राहकहरूले इएमआई विकल्पमा पनि फोन किन्न सक्नेछन्। शून्य प्रतिशत ब्याजदरमा इएमआई रु. २३०० प्रतिमहिनाबाट सुरु हुनेछ।

पुराना फोन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले ‘सबकोफोन’ वा ‘अर्कोस्टोर’मार्फत साट्न पनि सक्ने कम्पनीले जनाएको छ।