मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
समाचार

हत्यामा संलग्न आरोपमा चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

हत्यामा संलग्न रही फरार रहँदै आएको आरोपमा कास्की प्रहरीले चारजनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूमध्ये तीनजनालाई घटना भएको १४ दिनपछि र एकजनालाई १६ दिनपछि पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, २१ वर्षीय इरान भन्ने प्रितम गुरुङ, २० वर्षीय महेश गुरुङ र चितवन स्थायी घर भई पोखरा–१५ बस्ने १९ वर्षीय अरबिन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

ओलियाका अनुसार होली पर्वको दिन २९ फागुनमा पोखरा–६ लेकसाइडस्थित फुट ट्रयाकमा एकजना मानिसलाई भाग्न, उम्कन नपाउने गरी हेल्मेट, मुक्का तथा धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने सूचना प्रहरीमा आएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान एवं संलग्नहरूको खोजतलास गर्ने क्रममा १३ चैतमा तीनजनालाई र १५ चैतमा एकजनालाई पक्राउ गरेको ओलियाले जानकारी दिए।