मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार

त्रिवि उपकुलपति बरालले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५१:oo

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन्। उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा-पत्र बुझाएका हुन्।

राजीनामा दिएर उनी शनिबार बिहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ। पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने विद्यार्थीले विभिन्न माग राख्दै दबाब दिँदै आइरहेका थिए। त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत उनी असन्तुष्ट थिए। यद्यपि, उनले राजीनामा दिएको खास कारण भने यति मात्रै नभएको उनको सचिवालय स्रोतले जानकारी दियो। उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।