मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार

पत्रकार हत्याको छानबिन एवं दोषीमाथि कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

टेलिभिजनका पत्रकार र सञ्चार-गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरू आन्दोलित भएका छन्। 

शुक्रबार राजावादीको नाममा भएको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या तथा विभिन्न सञ्चार-गृहहरूमाथि गरिएको तोडफोडको विरोधमा नेपाल पत्रकार महासंघ धनकुटाले आज विरोधसभाको आयोजना गरेको हो। धनकुटाको मदनचोकमा विरोधस्वरूप सडकमा गरिएको सभामा सहभागी पत्रकारहरूले पत्रकारलाई जिउँदै आगो लगाएर हत्या गर्ने र सञ्चार-गृहमाथि गरिएको तोडफोडका दोषीहरूलाई कानुनको दायरामा ल्याउन माग गरे।

राजावादीहरूले गरेको प्रर्दशनको फोटो खिच्ने क्रममा प्रदर्शनकारीहरूले टेलिभिजन पत्रकार रजतमाथि आगो लगाएर हत्या गर्नुका साथै अन्नपूर्ण पोस्ट, कान्तिपुर टेलिभिजन, अनलाइन खबर डटकमलगायतका सञ्चार-गृहमाथि तोडफोड र आगजनीको प्रयास भएको थियो। विरोधसभामा बोल्ने बक्ताहरूले आगामी दिनमा यस्ता घटना नहोस् भन्दै सरकारको ध्यानाकर्षणसमेत गरेका थिए। साथै, पत्रकारहरूले पेसागत सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग मागसमेत गरे।

नेपाल पत्रकार महासंघको अगुवाइमा सुरु भएको विरोध कार्यक्रमको जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघसंस्था, नागरिक समाजलगायतले ऐक्यबद्धता जनाएका छन्। दोषीमाथि कारबाही तथा पीडितले क्षतिपूर्ति नपाएसम्म आन्दोलन जारी राखिने नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए।