मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
फोटो क्याप्सन : कञ्चनपुरको बेलौरी नपा २ टेटुवा गहुँबारीमा बसेको बाघ 
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेरि बेलौरीको गहुँबालीमा बाघ पस्यो, स्थानीय त्रसित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

जंगलको राजा भनेर चिनिने बाघ पछिल्ला वर्षहरूमा गाउँबस्तीमा पस्न लागेको छ। वन, जंगल नभएको वन्यजन्तुका लागि बासस्थानसमेत नभएको गाउँबस्तीमै बाघ पस्न लागेको हो। 

गत वर्ष ८ वैशाख बेलौरीको कलकत्तामा उखुबारीमा पसेको बाघले एक महिनाको ज्यान लिएको थियो। फेरि एक वर्षपछि बाघ गाउँ पसेको छ। बेलौरी नगरपालिका २, टेटुवा गाउँमा बाघ पसेको छ।

टुटेवाकी बिमला चौधरीको गहुँबारीमा पाठेबाघ पसेको स्थानीयले बताएका छन्। १५चैत्रमा टेटुवाकै स्थानीय हरिप्रसाद चौधरीको गोठबाट एक बाच्छीमाथि आक्रमण गरेको बाघ दोस्रो दिन शनिबार गहुँबारीमै फेला परेको छ। 

गत साउनमा पनि कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिका २ मा बाघ पसेर एक महिलाको ज्यान लिएको थियो। यसरी गाउँघर, ‍खेतबारीमै बाघ पस्न थालेपछि स्थानीय त्रसित भएका छन्। 

गहुँबालीमा रहेको बाघ नियन्त्रणका लागि जिल्लाबाट वनको टोली गएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी ठाकुरले निकुञ्ज, एनटिएनसीसहितको टोली उद्धारका लागि गएको बताए।