मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठक बस्दै, निधि निवासमा बेग्लै छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार काठमाडौंमा पूर्वराजाका समर्थकहरूको अराजक प्रदर्शन र तोडफोडपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेताहरूको बैठक बोलाएका छन्। शुक्रबारको घटनापछि उत्पन्न राजनीतिक परिस्थिति, सरकारको भूमिकालगायतका बारेमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका छन्। 

आज साँझ सभापति देउवानिवासमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरूलाई बोलाइएको छ। ‘समसामयिक विषयमा छलफल गर्न पार्टी सभापतिले बुढानीलकण्ठमा बोलाउनुभएको छ,’ कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नयाँ पत्रिकासँग भने।

कांग्रेस नेता निधिले शनिबार बिहान उनको निवास वानेश्वरमा पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएका थिए। बैठकमा निधिसहित पूर्वउपसभापति एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृणप्रसाद सिटौला, डा. शशांक कोइराला सहभागी थिए।

बैठकमा प्रवक्ता डा. प्रकाशशरण महतलाई निम्ता रहे पनि उनी उपत्यकाबाहिर रहेकाले उपस्थिति भएनन्। निधिका अनुसार अनौपचारिक बैठकमा शुक्रबारको घटना तथा पार्टीको आगामी १५औँ महाधिवेशनका बारेमा छलफल भएको थियो। ‘तीनकुने र आसपासमा शुक्रबार भएको घटना प्रतिगमनकारी र आपराधिक हो भन्ने हाम्रो साझा निष्कर्ष रह्यो।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीभित्रैबाट सबै समस्याको समाधान शान्तिपूर्ण रूपमा खोज्न सकिन्छ। तर, पार्टी कार्यालय, सञ्चारमाध्यम तोडफोड, व्यक्तिको सम्पत्तिमा आगजनी र तोडफोडजस्ता आपराधिक कार्य स्वीकार्य छैन भन्ने निष्कर्ष रह्यो। यो विषयमा हामी पार्टी सभापतिमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छौँ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले भने। 

उनले क्रियाशील सदस्यतालगायतका विषयमा छलफल भएको थियो। ‘पार्टीको महाधिवेशनका बारेमा पनि छलफल भयो। खासमा कांग्रेसभित्र अनौपचारिक रूपमा वैचारिक छलफल हुन छाडेकोले त्यसका लागि हामीले प्रयास थालेका हौँ। विगतमा गणेशमानजी, गिरिजाबाबु, किसुनजीले सँगै गएर राजनीतिक सन्देश दिनुहुन्थ्यो, अहिले पार्टीभित्र छलफल हुन छाडेको छ, त्यसको महत्व स्थापित गर्न खोजेका छौँ,’ निधिले भने।