मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका म्यान्मा
२o८१ चैत १६ शनिबार १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्यानमारमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्यान्मा
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार १३:o१:oo

म्यान्मारको सागिङ सहरमा केन्द्रबिन्दु भई म्यान्मार र थाइल्यान्डमा शुक्रबार गएको  भूकम्पमा परी मृत्यु हुनेको संख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।  मध्य म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो।  

भूकम्पले म्यान्मारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो। म्यान्मारमा कम्तीमा एक हजार दुईजनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ। उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ।

भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ। विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ।