मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पतालमा निःशुल्क औषधि पनि पाइँदैन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा नि:शुल्क औषधि पनि पाइन छाडेको छ। इमर्जेन्सीमा अतिआवश्यक स्लाइनदेखि एन्टिबायोटिक औषधिहरूसमेत पाइन छाडेको हो। 

इमर्जेन्सी विभागमा निःशुल्क उपलब्ध हुनुपर्ने औषधि नभएर सेवाग्राहीलाई सास्ती भइरहेको छ। हालै गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सीबाट उपचार गराएर फर्केका एकजना बिरामीका अनुसार अस्पातालमा निःशुल्क पाउनुपर्ने औषधि बाहिरको पसलबाट चर्को मूल्यमा किन्नुपर्ने बताए। उनले भने, 'एउटा औषधि दिनमा तीनपटकसम्म लेखिएको थियो, तीन दिनसम्म लगातार लगाए, अस्पातालमा निःशुल्क पाउने लिस्टमा लेखिएको थियो, तर त्यहाँ नभएर बाहिरबाट ल्याउनुपर्‍यो, एउटा औषधिको तीन सय रुपैयाँ तिर्नुपर्‍यो।' 

अस्पातालको कर्मचारी स्रोतका अनुसार इमर्जेन्सीमा स्टासेफ, मेटरोन, डिएनएस स्लाइन तथा मेट्रोन औषधिको अभाव रहेको छ। अस्पातालमा औषधिको अभाव रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु प्रकाश प्रसाद स्विकार्छन्। उनले टेन्डर भएको औषधिको भुक्तानी नभएकोले औषधि उपलब्ध हुन नसकेको बताए।