मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
Invalid date format २३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः  तीनकुनेको हिंसात्मक घटनाको छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:३२:oo

सरकारले शुक्रबार राजधानी काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

शुक्रबार अबेर राति प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस किसिमका घटना हुन नदिन व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले  अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा सरकारले अपिल गरेको पनि बताए।  

शुक्रबार राति मन्त्रिपरिषद् बस्नु अघि प्रधानमन्त्री केपी ओलीले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग बालुवाटारमा ब्रिफिङ लिएका थिए। शुक्रबारको घटनामा दुईजनाको ज्यान गइसकेको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिनकुनेसहितको क्षेत्रमा जारी गरेको कर्फू शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याएको छ।