मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवरुद्ध त्रिभुवन विमानस्थलको उडान सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४६:oo

आन्तरिक तथा बाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ।

विमानस्थलआसपासका क्षेत्रमा पूर्वराजाका समर्थकहरूले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेकाले अवरुद्ध बनेको विमानस्थलको उडान अहिले नियमित भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए। उनले भने, ‘आगजनीका कारण उडान–अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो। अहिले सामान्य भएपछि आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्।’

प्रदर्शनकारीले विमानस्थल क्षेत्रआसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो। उडान–अवतरण अवरुद्ध भएको समयमा आएका जहाजहरू भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ड’ गरिएको बताउँदै निरौलाले अहिले सबै जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेका जानकारी दिए।