मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
Invalid date format १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेबाट उपत्यका प्रवेश गर्ने सवारीसाधन साँगामै रोकिए

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

अरनिको राजमार्ग र बिपी राजमार्ग हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनलाई काभ्रे र भक्तपुर जिल्लाको सिमाना साँगामा रोक लगाइएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमानाका साँगा भञ्ज्याङ र नाला भञ्ज्याङमा सवारीसाधनलाई रोक लगाइएको हो। काठमाडौं जिल्लामा राजावादी आन्दोलन उग्र भएपछि लगाइएको कर्फ्युका कारण सवारीसाधनलाई रोक लगाइएको हो।

बिपी राजमार्ग हुँदै काठमाडौं गइरहेका गाडीलाई भकुन्डेबेंसीमा तथा अरनिको राजमार्ग हुँदै जाने गाडीलाई पाँचखालमा रोक्नुका साथै बनेपा हुँदै अघि बढेका गाडीहरूलाई पनि साँगामै रोकेको प्रहरीले जनाएको छ।

सुरक्षा संवेदनशीलता उच्च बनेसँगै प्रशासनले उपत्यका प्रवेशमा कडाइ गर्दै सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको प्रहरीको भनाइ छ। यात्रुहरू अलपत्र परेका छन् भने थप निर्देशनका लागि प्रशासनको निर्णय कुर्नुपर्नेछ।