मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ चैत १४ बिहीबार
  • Saturday, 12 July, 2025
२o८१ चैत १४ बिहीबार ११:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२० हजार मान्छे उतार्दैमा भूत भइसकेका राजा फर्किँदैनन् : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १४ बिहीबार ११:१७:oo

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । रिपोर्टर्स क्लब दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले लोकतन्त्रको विकल्प उन्नत खालको लोकतन्त्र भएकोसमेत बताए ।

‘रोग एकातिर लागेको छ, अर्कोपट्टि उपचार गरेर हुँदैन, मरिसकेको राजतन्त्र फेरि आउने भन्ने हुँदैन, राजतन्त्र भूत भइसक्यो,’ उनले भने, ‘जनताले यत्रो परिश्रम गरेर ल्याएको गणतन्त्र उल्टिने भन्ने असम्भव कुरा हो ।’ उनले मुलुकभित्रको राजतन्त्रको बहसमा बाह्य शक्ति राष्ट्रहरूले पनि चलखेल गर्न खोजिरहेको बताए । यस्तो अवस्थामा बलियो राष्ट्रिय एकता बनाउन आवश्यक रहेको भट्टराईको भनाइ थियो । 

२० हजार मान्छे उतार्दैमा राजतन्त्र आउँछ, भन्ने कुरा गलत भएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर अपूर्णतालाई पूर्णता दिने कुरामै ध्यान दिने कुरा नै अहिलेको बहस र आवश्यकता रहेको बताए । उनले मुलुकमा स्थायी सरकार निर्माण नहुँदा पनि जनतामा वितृष्ण पैदा भएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने बताए ।  त्यसो हुँदा अहिलेको समस्या हट्ने उनको विश्वास छ । 

साथै विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनु पनि गलत भएको बताए । यस्ता कुरामा राजनीतिक हस्तक्षप हुन नहुने बताए। त्यसका लागि संयन्त्र बनाउनुपर्नेसमेत बताए । संयन्त्र बनाएमा सरकारको पनि हस्तक्षेप नहुने र राम्रो मान्छेले स्थान पाउने बताए । आफू प्रधानमन्त्री हुँदा यस्तो संयन्त्र बनाएको भए पनि अहिले त्यो हटाइएको भन्दै यस्ता विवादहरू पछिल्लो समय आइरहने गरेको उनको भनाइ छ ।