मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १२ मंगलबार
  • Wednesday, 26 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १२ मंगलबार २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाले भन्यो – कुलमानको बर्खास्ती बदनियतपूर्ण, पुनर्बहाली होस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १२ मंगलबार २o:o६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहालीका लागि सरकारसँग माग गरेको छ। राप्रपा आन्दोलन मूल समितिको बैठकले घिसिङलाई बदनियतपूर्ण ढंगबाट सरकारले बर्खास्त गरेको भन्दै आपत्ति जनाएको हो।

‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बदनियतपूर्ण ढंगबाट सरकारले बर्खास्त गर्नु आपत्तिजनक छ। राप्रपा सरकारसँग घिसिङको पुनर्बहालीको माग गर्दछ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राप्रपाले २६ चैतमा बागमती प्रदेशस्तरीय आमसभा काठमाडौंमा आयोजना गर्ने तथा ७ वैशाखदेखि निरन्तर आन्दोलन गर्ने निर्णय पनि गरेको छ।