
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको चैत ९ गते शनिबारदेखि १५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनुसन्धानात्मक अध्ययनमा लाग्नेलाई फाइदाको समय छ । परिवारजनले साथ दिनेछन् । बुधबार मन्दी वा अभाव देखिए पनि आर्थिक समस्या समाधान हुँदै जानेछन् । साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुनेछ । व्यस्त समयचर्या कायम हुनेछ । साताको अन्त्यबाट परदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । प्रतियोगिता र प्रतिस्पर्धाबाट सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : घरखर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । परिवारजनमा असमझदारी बढ्न सक्छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने देखिन्छ । बिहीबारपछि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यावहारिक जानकारीबाट खुसीको अनुभूति हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासँग राम्रो व्यवहार गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । मुद्दामामिला वा कामका विविध झमेलाबाट मुक्ति मिल्नेछ । नयाँ उद्योग वा व्यावसायिक काम सुरु हुने समय छ । आर्थिक समस्या पनि समाधान हुनेछ । स्वास्थ्य सबल रहनेछ । साताको समाप्तिमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले शत्रुपक्षलाई तह लगाउन सकिनेछ । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । साताको अन्त्यमा मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै बन्नेछन् । एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ । समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला । प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । पढाइमा सोचेअनुसार सफलता मिल्नेछ । साताको अन्त्यमा प्राविधिक कामबाट विशेष सफलता प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : विशेष मानसम्मान र पद–प्रतिष्ठा पाइने समय छ । उद्योगधन्दामा विशेष सफलता पाइनेछ । शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । उच्च शिक्षाका लागि सबैको साथ र सहयोग प्राप्त हुनेछ । बिहीबार र शुक्रबार छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुन सक्छ । विशेष सावधानी अपनाउनुपर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : धनमाल हराउने, चोरी वा ठगीमा परिने सम्भावना छ, आर्थिक कारोबारमा निकै नै सचेत रहनुहोस् । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पराक्रम बढ्नेछ । पढाइमा सफलता मिल्नेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । शुक्रबार सामाजिक काममा संलग्न हुनुपर्नेछ । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्ने समय छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ । पढाइमा विशेष ध्यान पुर्याउनु पर्नेछ । साताको अन्त्यमा सम्पत्ति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुने सम्भावना छ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : सुरुमा प्रशस्त धनलाभ र अन्त्यमा सबै हानि हुने योग छ । काममा गरिएको प्रयत्न व्यर्थ हुन सक्छ । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठुलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन् । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नुपर्छ । साताको अन्त्यमा क्रोध, प्रतिशोध र रिस नियन्त्रण गर्नु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । आयआर्जनका स्रोतसमेत बढ्नेछन् । परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने वेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । शिक्षाक्षेत्र सोचेअनुसार अगाडि बढ्नेछ । साताको अन्त्यमा प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नुपर्ने हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । घरमा मांगलिक कार्य सम्पादन हुनेछन् । प्रशस्त धनलाभ हुनेछ । बहुमूल्य रत्नहरू संग्रह गर्न सकिनेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्नेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । बाटो काट्दा वा हतियार चलाउँदा सचेत हुनुपर्छ, तर बिहीबारपछि हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ । मित्रवर्ग र बन्धुबान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । साताको अन्त्यमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधुप गर्नुपर्नेछ । यात्रा रमाइलो हुनेछ ।