१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार ११:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद भारतमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार ११:५५:oo

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगड भारतमा सम्मानित भएका छन् । रोलर मिल एसोसिएसन अफ इन्डियाले गोवा, भारतमा आयोजना गरेको ‘द फ्युचर अफ मिलिङ भिजन–२०३० एन्ड बियोन्ड’ सम्मेलनमा दुगडलाई सम्मान गरेको हो ।

भारतीय लोकसभाका सांसद प्रवीण खण्डेलवालसहित फेडेरेसन अफ रोलर्स फ्लोर मिल इन्डियाका केन्द्रीय अध्यक्षलगायतको उपस्थितिमा दुगडलाई सम्मान गरिएको हो । 

प्रत्येक पाँच वर्षमा एकपटक आयोजन हुने कार्यक्रममा भारतका ६ सयभन्दा धेरै मैदा–आटा मिल कम्पनीको सहभागिता थियो । भारतले फ्लोर मिलमा कार्यरत प्राविधिकलाई तालिमको अवसर प्रदान गर्ने घोषणा पनि सम्मेलनमा भएको थियो ।