
हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आइटिसी ब्युटिपार्लर ट्रेनिङ सेन्टर (ब्लोसम ब्युटी क्लिनिक)बिच ब्रोकरसम्बन्धी कार्यलाई गाउँगाउँसम्म विस्तार गर्ने लक्ष्यसहित छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
ब्रोकरका तर्फबाट सहायक महाप्रबन्धक रामचन्द्र रिमाल र ब्युटी सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार आइटिसी ब्युटिपार्लर ट्रेनिङ सेन्टरबाट सेवा लिँदै आएका ग्राहकलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशतसम्म छुट दिइने छ। साथै हिमालयन ब्रोकरेज कम्पनीमा डिम्याट खाता खोलेका ग्राहकलाई ब्युटीसम्बन्धी कोर्स तथा पार्लरसँग सम्बन्धित सेवाहरूमा ३० प्रतिशतसम्म छुट दिइनेछ।
हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले ०८० जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको अनुमति लिई जेठ २८ गतेबाट कामनपा– २९, पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्सबाट ग्राहकहरूलाई सेवा दिँदै आइरहेको छ।
आइटिसी ब्युटिपार्लरले केएल कम्प्लेक्ससहित चितवनमा भरतपुर पुल्चोक मैयादेवी, बुटवलमा ट्राफिक चोक, दाङमा घोराही सहिदगेड, पोखरामा न्युरोड र इटहरीमा इटहरी चोकमा शाखा कार्यालय खोली सेवा दिँदै आइरहेको छ।