मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २८ बुधबार १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होली शान्तिपूर्ण र अनुशासित भएर मनाउन प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १६:३८:oo

जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली पर्व शान्तिपूर्ण र अनुशासित भएर मनाउन आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै होली पर्व सामाजिक सदभाव र भाइचारा कायम राख्दै मनाउन आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलद्वारा हस्ताक्षरित सूचनामा होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरिएको छ। सूचनामा आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न र होली पर्वको नाममा उच्छृंखल क्रियाकलाप नगर्न चेतावनी दिइएको छ।

सूचनामा होली पर्वको अवसरमा विभिन्न खर्चिला र भड्किला कार्यक्रमका कारण सार्वजनिक स्थलहरूमा अशान्ति र विवाद उत्पन्न हुने गरेको भन्दै पर्वको नाममा कसैले सार्वजनिक स्थानमा होहल्ला, झगडा वा अनावश्यक गतिविधि गर्ने, पानीको बेलुन वा लोला हान्ने, जबर्जस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेजस्ता गतिविधिहरू नगर्न भनिएको छ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार र स्वतन्त्रता संकुचित नगर्ने तवरले होली पर्वलाई मर्यादित र व्यवस्थित रूपमा मनाउन आग्रह गर्दै कुनै व्यक्तिले प्रशासनको सूचनालाई अटेर गरी अमर्यादित, उच्छृंखल, अवाञ्छित र गैरकानुनी क्रियाकलाप गरेमा उक्त कार्यलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिइएको छ।