मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका रुकुमपूर्व
२o८१ फाल्गुण २८ बुधबार १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घोडाघोडी समितिको बसमा बेहोस भेटिएका व्यक्तिको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपूर्व
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १५:४२:oo

काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको घोडाघोडी समितिको प्रदेश ३–०१–००५ ख ९५४२ नम्बरको यात्रुवाहक बसमा अन्दाजी ५०–५५ वर्षीय एक पुरुष बेहोस अवस्थामा फेला परेका छन्।

बसको टिकटअनुसार बी–१ नम्बर सिटमा बसेका ती व्यक्तिको गन्तव्यमा पुग्न नपाउँदै मृत्यु भएको जिल्ला अस्पताल  रुकुमपूर्वले जनाएको छ। बसमा सवार अन्य यात्रुले लामो समयसम्म अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिमबहादुर केसीले बताए।

बेहोस अवस्थामा रहेका उनलाई  तत्काल उपचारका लागि जिल्ला अस्पताल रुकुम (पूर्व) रुकुमकोट पुर्‍याइए पनि चिकित्सकले दिउँसो १२ः२० बजे मृत घोषणा गरेका हुन्।

मृतकको नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिए।