मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २८ बुधबार १४:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रतिपक्षीको विरोधले दोस्रो दिन पनि चलेन सुदूरपश्चिम प्रदेश सभा बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १४:४५:oo

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि अवरुद्ध बनेको छ। प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूको विरोधले बैठक स्थगित भएको हो। सभामुखले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।

सांसदको विरोधपछि सभामुखले आजै आधा घण्टापछि अर्को बैठक बस्ने गरी बैठक स्थगित गरेका हुन्। सरकारले प्रदेश नीति तथा योजना आयोगमा सदस्य संख्या बढाएर प्रदेशलाई आर्थिक भार थपेको भन्दै प्रतिपक्षी सांसदले सदनमा विरोध जनाउँदै आएका छन्।

प्रतिपक्षीको अवरोधले मंगलबार पनि प्रदेश सभा बैठक स्थगित भएको थियो। प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद नरेशकुमार शाहीले सल्लाहकार राख्ने र आयोगमा सदस्य बढाउने निर्णय सच्याउनुपर्ने आफूहरूको माग रहेको बताए। सरकारले सल्लाहकार तथा योजना आयोगमा सदस्यहरू थप गरेर फजुल खर्च बढाएको उनले बताए।

प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षसहित तीन सदस्य नियुक्त गर्ने व्यवस्था रहेकोमा सरकारले अहिले दुई सदस्य थप गरेको थियो। मुख्यमन्त्री कमलबहादुर शाहले हालै आफ्नो राजनीतिक सल्लाहकार पनि नियुक्त गरेका छन्। सत्तारूढ दलहरूबिच भागबन्डा मिलाउन सरकारले अनावश्यक राजनीतिक नियुक्तिहरू गरेको भन्दै प्रतिपक्षले विरोध जनाएका हुन्।