
ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँबजारस्थित डेकोर प्यालेसमा बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकले उक्त फर्निचर साेरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। डेकोर प्यालेसमा घर तथा अफिसहरूका लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेटलगायतका विभिन्न गुणस्तरीय सामग्री उपलब्ध छन्।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्टहरू ‘क्लब हिमालय’ र ‘होटेल हिमालयन भिला’मा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको पहलकदमी तथा योगदानले ५४ वटा न्यानो नानीमार्फत हरेक वर्ष १९९८ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको बैंकले जनाएको छ। यस बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु. ४० करोड कर तिरेको छ। साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्म रु. १५ करोड कर बुझाइसकेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।