मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २८ बुधबार १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सम्पत्ति विवरण बुझाउन नसक्ने सरकारले गरेको सुशासनको गफ कसले पत्याउँछ ? : चित्रबहादुर केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १३:o८:oo

वर्तमान सरकारले गरेको सुशासनसम्बन्धी कुरा सत्तापक्षकै सांसदले समेत नपत्याउने अवस्था आएको नेता चित्रबहादुर केसीले बताएका छन्। सरकारले संसदमा पेस गरेको प्रतिस्थापन विधेयकमाथिको छलफलमा विधेयकको नाम सुशासन राखिएको सन्दर्भमा बोल्दै उनले भने, ‘जुन सरकारले अध्यादेशबाट शासन गर्छ, त्यो सरकारकाे सुशासनको कुरा पत्याउने कसले ?’ 

सात महिनासम्म सरकारका मन्त्रीहरूले सम्पत्तिसमेत सार्वजनिक गर्न नसकेको विषयमा पनि उनले प्रश्न उठाए । ‘सात महिनासम्म तपाईंहरूले किन सम्पत्ति विवरण बुझाउन सक्नुभएन ?’ उनले प्रश्न गरे, ‘तपाईंहरूसँग कति सम्पत्ति छ र बाधा परेको हो ?’ 

सरकारको गलत गतिविधिकै कारण अहिले लोकतन्त्र र गणतन्त्र घेरामा परेको भन्दै तत्काल सच्चिन उनले आग्रह गरे।