मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format ११:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वन्यजन्तु मानव द्वन्द्व : ६ महिनामा १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१९:oo

वन्यजन्तुको आक्रमणमा परी चालू आर्थिक वर्ष काे ६ महिनामा १० जनाको मृत्यु भएको छ । गत साउनयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठजना, हात्ती र बाघको आक्रमणबाट एक–एकजनाको मृत्यु भएको हो। यस आर्थिक वर्षमा जंगली जनावारका कारण १४ जना घाइते भएका छन्। गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन्। 

निकुञ्जले मृतकका परिवारलाई रु. १० लाख र घाइतेको उपचारका लागि दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ। हालसम्म रु. ९४ लाख ६१  हजार ९३१  राहतस्वरूप प्रदान गरिएको उनले बताए। राहतस्वरूप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ। 

मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जंगली जनावरको आक्रमणका कारण अकालमा मृत्यु वरण गर्नुपरेको उनले बताए। उनले भने, ‘निकुञ्जभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।’ अहिले निकुञ्जले यस क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी (ताल, तलैया एवं पोखरी) व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेको उनले बताए । 

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाइएको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ ।