
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त प्रतिवेदनसहित सातवटा प्रस्ताव अनुमोदन गरेको हो । सो प्रतिवेदन यही ८ फागुनमा केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।
बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दसाैँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तत्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। बैठकले अध्यादेश देश र जनताको हितमा नभएकाले संसदमा निर्णयार्थ प्रस्तुत गरिएमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए । यही ७ फागुनमा स्थायी कमिटी बैठक बोलाइएको छ । -रासस