मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ६ मंगलबार
  • Thursday, 13 March, 2025
२o८१ फाल्गुण ६ मंगलबार १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार

पाथीभरामा केबलकार निर्माणः पक्षधरले निकाले सद्भाव र्‍याली, विपक्षी क्षमापूजा गर्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ६ मंगलबार १९:३९:oo

पाथीभरा क्षेत्रमा केबलकार निर्माणका पक्षधरहरूले मंगलबार ताप्लेजुङको फुङलिङ बजारमा सद्भाव र्‍याली निकालेका छन् भने ‘नो केबलकार समूह’ले पदयात्रा तथा पाथीभरा मन्दिरमा क्षमा पूजा गर्ने भएका छन्।

जिल्लाका युवा समाजको ब्यानरमा निकालिएको र्‍याली नगर परिक्रमा गर्दै वीरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियाे। र्‍यालीमा ‘वृद्ध–वृद्धा के भन्छन्, केबलकार ले भन्छन्, ‘अशक्तहरू के भन्छन्, केबलकार ले भन्छन्’ जस्ता नारा लगाइएको थियो। 

फुङलिङ नगरप्रमुख अमिर मादेनसहित नगरक्षेत्रका जनप्रतिनिधिसमेत र्‍यालीमा सहभागी थिए। उद्योगी, व्यवसायी र नागरिक समाजका अगुवा र्‍यालीमा स्वतःस्फूर्त सहभागी भएको नगरप्रमुख मादेनले बताए। 

‘नो केबलकार समूह’को  भने बिहीबार सदरमुकाम फुङलिङबाट पदयात्रा गर्दै पाथीभरासम्म जाने योजना रहेको समूहका प्रचार संयोजक नवीन पोमुले जानकारी दिए। यसपछि ९ फागुनमा फुङलिङ नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेकाे उनले बताए। 

ताप्लेजुङमा केबलकार निर्माणको समर्थन र विरोध दुवै गतिविधि भइरहे पनि निर्माणसम्बन्धी कामसमेत रोकिएको छैन। काफ्लेपाटी छेउको सबस्टेसन निर्माण भइरहेको छ। सबस्टेसनदेखि मन्दिरसम्म रुख कटान तथा छपानको काम सकिएको केबलकार निर्माण गरिरहेका व्यवसायी ईन्द्र केदेमले बताए।

पदयात्राका लागि हिन्दू, बौद्ध, किराँत धर्मका धर्मगुरुलाई आमन्त्रण गरिएको पोमुले जानकारी दिए। ‘नो केबलकार समूहले’ धार्मिकस्थलमा भौतिक संरचना बनाएर विध्वंश गरेकोले युमामाङसँग प्रार्थना गर्दै क्षमा याचनाका लागि पूजा आराधना गर्ने लागेको उनको भनाइ छ।