मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २ शुक्रबार
  • Saturday, 15 February, 2025
२o८१ फाल्गुण २ शुक्रबार २२:२५:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीका डिएसपीको काज सरुवा, रसुवा र दोलखामा नयाँ इन्चार्ज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २ शुक्रबार २२:२५:oo

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एक दर्जन डिएसपीको काज सरुवा गरेको छ । रिक्त रहेका कार्यालयहरूमा काज सरुवा भएको हो । 

दोलखामा डिएसपी ज्ञानकुमार महतो, रसुवामा हेमबहादुर शाही, महराजगन्ज वृत्तमा निरञ्जन थापा, जनसेवा वृत्तमा कृष्ण चन्द, इलाका प्रहरी कार्यालय, बुटवलमा इन्द्र राना तथा इलाका प्रहरी कार्यालय गजुरीमा विकास थापालाई खटाइएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामाको सरुवा भएको छ । 

काँकडभिट्टाका मिम लामाको मानव स्रोत विकास विभाग, रसुवाका केशव भट्टराईको प्रधानमन्त्री कार्यालय तथा बुटवलमा विजयराज पण्डितको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्का तथा चितवनमा रवीन्द्र खनाललाई पठाइएको छ ।