मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २ शुक्रबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २ शुक्रबार १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २ शुक्रबार १२:o९:oo

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– २ खोल्सी चोकस्थित भित्री सडकखण्डमा तरकारी लोड भएको हात्ती गाडी दुर्घटना हुँदा एकजना घाइते भएका छन्।

दुर्घटनामा परी नीलकण्ठ नगरपालिका– ८ का ४० वर्षीय मेकमदिन मियाँ घाइते भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास  हमालले बताए।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार धादिङबेँसीबाट सल्यानटारतर्फ जाँदै गरेको बा.२१च ३५२६ नम्बरको गाडी आफैँ अनियन्त्रित भई सडकबाट ५–६ फिट तल खसेको हो। सडकबाट खसेको गाडी चिलाउनेको रुखमा अड्किएको छ। घाइते मियाँको सल्यानटारमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।