मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १ बिहीबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १ बिहीबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार

ढुकुटीमा चाप परेपछि अर्थ मन्त्रालयद्वारा खर्च गर्न बाँकी बजेटको २५ प्रतिशत रोक्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १ बिहीबार १८:o८:oo

ढुकुटीमा चाप परेपछि अर्थ मन्त्रालयले अब खर्च गर्न बाँकी रहेको रकमको २५ प्रतिशत हिस्सा रोक्का गरिदिएको छ। अनिवार्य दायित्वबाहेकको चालू खर्च तथा पुँजीगत खर्चतर्फ विनियोजित नेपाल सरकार स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय मन्त्रालयले गरेको हो। 

चार शीर्षकअन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएको भन्दै चालू आवमा विनियोजित बजेट खर्चलाई सोहीअनुरूप समायोजन गर्न अर्थले भनेको छ। रोक्का गरिएका बजेट शिर्षकमा कर्मचारी तालिम खर्च (तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुनेबाहेक मात्र), कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पुँजीगत परामर्श छन्। 

गत मंगलवार सचिवस्तरीय निर्णयबाट मन्त्रालयले परिपत्र गरेको छ। निर्णयसहितको परिपत्र अर्थले सबै मन्त्रालयमा पठाएको छ। चालू आवको बाँकी अवधिमा राजस्व प्राप्तिमा हुने सुधार तथा खर्चको आवश्यकताको आधारमा बजेट रोक्का तथा नियन्त्रणमा पुनरावलोकन गर्न सकिने अर्थको परिपत्रमा उल्लेख छ।