मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १ बिहीबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण १ बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खैरो हेरोइनसहित हेटौँडाबाट चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १ बिहीबार १७:५५:oo

मकवानपुर प्रहरीले ४ ग्राम ९१० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ बाट दुईवटा मोटरसाइकलमा आएका चारजनालाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हेटौँडा– ८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षीय भीमसेन पाण्डे, हेटौँडा– ७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा– ५ का २० वर्षीय साकार ढुंगेल रहेका छन्।

वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२१ प ६३०८ नम्बर र बागमती प्रदेश ०३–००५ प ९६६६ नम्बरको मोटरसाइकल जाँचका क्रममा चार ग्राम ९१० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

शंकाको आधारमा उनीहरूको शरीर तथा मोटरसाइकल खानतलासीको क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थाको खैरो हेरोइन फेला परेको उनको भनाइ छ। सोधपुछ गर्ने क्रममा चारजना मिलेर खरिद गरी ल्याएको बताएपछि प्रहरीले चारैजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता अर्यालले जानकारी दिए।