मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १ बिहीबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण १ बिहीबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १ बिहीबार १६:५५:oo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा मनमाया दमाईं र सुष्मा तामाङले पहिलोपटक मौका पाएका छन् । यस्तै, रेनुका हमाल र चन्द्रा भण्डारी टोलीमा फर्किएका छन् । टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषा नाथ छन् ।

यस्तै, डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाईं छन् । मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

आउँदो सोमबार फागुन ५ गतेदेखि त्रिपुरेश्वरको दशरथ रंगशालामा सुरु हुने चारदेशीय महिला फुटबल प्रतियोगितामा नेपालसहित म्यानमार, लेवनान र किर्गिस्तान छन् । सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।