मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ माघ ३० बुधबार २२:३४:oo
Read Time : < 1 मिनेट
समाचार

लागुऔषध गाँजा र अफिमसहित बाराबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार २२:३४:oo

प्रहरीले  लागुऔषध गाँजा र अफिमसहित बाराबाट बुधबार दुईजनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जबाट प्रहरीले सात किलो गाँजा र चार किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका–१३ डमरपुर का २२ वर्षीय संजय मोक्तान र धादिङ गजुरी गाउँपालिका–३ का २९ वर्षीय सुनबहादुर थिङ रहेका बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र३–०२–००७ प ८२३९ नम्बरको मोटरसाइकल जाँच गर्दा लेगार्डमा प्लाष्टिकको झोलामा र सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध बरामद गरेको हो ।

बरामद लागुऔषध २० हजार बराबरको रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।