१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रकम हिनामिना गर्ने बागमतीका आठ सहकारीको फाइल सिआइबीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१६:oo

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम फिर्ता नगरी हिनामिना गरेको भन्दै आठ सहकारी संस्थामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा फाइल पठाएको छ । बचतकर्ताले गरेको उजुरीका आधारमा ती सहकारीलाई सिआइबीमा पठाएको महाशाखाले जनाएको छ ।

महाशाखाले मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, झिंगु समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुर, मुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा, डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर, नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुर, फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर र पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरलाई अनुसन्धानका लागि सिआइबीमा पठाएको हो ।

बचतकर्ताको उजुरीका आधारमा समस्या देखिएका उक्त सहकारीलाई पटक–पटक छलफलमा बोलाउँदा उपस्थित नहुने, महाशाखाको निर्देशन अटेर गर्ने, बचत फिर्ता नगर्ने, बचत फिर्ताको कार्ययोजना पेस नगर्नेलगायत गतिविधिका कारण सिआइबीमा पठाइएको महाशाखाका रजिस्ट्रार कुमार तामाङले जनकारी दिए ।

‘प्रदेश सहकारी ऐन, २०७६ को दफा २० मा सहकारीको मूल्य–मान्यता सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था छ । तर, ती सहकारी संस्थाले कुनै पनि नियम पालना नगरेको र सहकारी महाशाखाले कुनै पनि छलफल तथा बचत फिर्ताका लागि पत्राचार गरिरहन नपर्ने देखिएपछि फाइल सिआइबीमा पठाइएको हो,’ उनले भने ।