मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २७ आइतबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २७ आइतबार २o:३६:oo
Read Time : > 1 मिनेट
समाचार

दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा विद्यार्थीसहित दुईको मृत्यु, ४३ जना घाइते 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २७ आइतबार २o:३६:oo

दक्षिकालीमा स्कुल बस दुर्घटना हुँदा विद्यार्थीसहित दुईजनाको मृत्यु भएको छ। दक्षिणकाली नगरपालिका –३ स्थित भन्ज्याङमा विद्यालयबाट विद्यार्थी बोकेर फर्कँदै गरेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएको प्रहरीले जनाएको छ। 

मृत्य हुनेमा ८ वर्षीय विपिन श्रेष्ठ र ३५ वर्षीय राधाकृष्ण मगर रहेका छन्। विपिन विद्यार्थी हुन् भने राधाकृष्ण बसका चालक हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा परेको बस भन्ज्याङस्थित जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको बा १ क ५६६४ नं. को हो। बसमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र शिक्षकसहित ४५ यात्रु सवार थिए। बसले अचानक नियन्त्रण गुमाउँदा सडकभन्दा १५० मिटर तल खसेको प्रहरीको भनाइ छ।

घटना सम्बन्धमा काठमाडौं परिसरका प्रवक्ता एसपी अपिल बोहराले भने, ‘जनुकिरी बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। विद्यार्थीसहित दुईजनाको मृत्यु भएको छ। ४३ जना घाइते भएकोमा ३६ जनाको उपचार भइरहेको छ भने सातजनाको डिस्चार्ज भएको छ।’   

प्रहरीका अनुसार मनमोहन अस्पतालमा उपचार गरिएका सुशन तामाङ डिस्चार्ज भइसकेका छन् भने अनुस्का मानन्धर, आरुष मानन्धर, रियाना तामाङ र साहारा श्रेष्ठको अवस्था सामान्य छ। त्यस्तै, घाइते भएका निकुल श्रेष्ठ, सान्वी श्रेष्ठ, सकुशल श्रेष्ठ, आरोशी मिश्रा र गञ्जन रम्तेलको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। 
गम्भीर घाइते भएका मिसन श्रेष्ठ, अभ्यान महर्जन, एन्जल सुस्लिङ, श्रृष्टि तामाङ, स्वर्णिम श्रेष्ठ, कविन राई, विलसन श्रेष्ठ, मन्जिल राई, कमला श्रेष्ठ र आयात श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यस्तै, बैवभ खड्का, प्रज्वल बस्याल, सुमित श्रेष्ठ, स्नेहा बस्याल, रक्षा गिरी, समिरा बस्याल र  प्रणजित खड्काको भने भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। 

त्यस्तै, श्रृष्टि थापा, दीपशीका तामाङ, कृजिया बस्याल र एमी रोक्काको दक्षिणकाली नगर अस्पताल चाल्नाखेल, सोनिया केसी, आराध्या मिश्रा, बिगेश श्रेष्ठ र सिसम थापाको बल्खुस्थित बयोधा अस्पताल, सुमित्रा केसी, एड्रिना केसी र संस्कृति तिमिल्सिनाको कलंकीस्थित सहिद मेमोरियल अस्पताल र दिपक्षिका श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनामा घाइते र मृत्यु भएकाको विवरणः