मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Wednesday, 12 March, 2025
२o८१ माघ २६ शनिबार २१:५o:oo
Read Time : < 1 मिनेट
समाचार

टरीगाउँ एयरपोर्ट विस्तार गर्न पहल गर्छुः देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार २१:५o:oo

कांग्रेसका सभापति शेरबहादुर देउवाले टरीगाउँ एयरपोर्ट विस्तारमा पहल गर्ने बताएका छन् । शनिबार दाङको दंगीशरण गाउँपालिका-३ स्थित थारु सांस्कृतिक संग्रहालयको आयोजनामा भएको अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनमा सभापति देउवाले पुरानो एयरपोर्ट भएर पनि अहिले जहाज बस्न नसेको र अब यसकाे विस्तारमा पहल गर्ने बताए । 'टरीगाउँ एयरपोर्ट छ तर जहाज आउँदैन भन्ने सुनेको छु,' उनले भने 'यसलाई ठूलो एयरपोर्ट बनाएर जहाज बस्ने बनाउन पहल गर्छु ।'

साथै, उनले थारु समुदाय संस्कार  र संस्कृतिमा धनी भएको भन्दै अब थारु समुदाय शिक्षा र सीपमा पनि अगाडि बढ्नु पर्ने बताए। सभापति देउवाले थारु संस्कार र संस्कृतिलाई जगेर्ना गर्नेतर्फ पनि ध्यान दिनु पर्ने बताए ।  पछिल्लो समय थारु समुदाय पनि नेतृत्वमा पुगेकाे र यसलाई निरन्तरता दिनु पर्ने बताए  । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आय आर्जनसँग जोड्नुपर्ने बताए । थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उनले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गरे । 

स्थानीय मदिराको बजारीकरणका लागि संघीय सरकारले कानुन नबनाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले वर्तमान संसदबाट विधेयक पारित गरेर भएपनि समस्या समाधान गर्न आग्रह गरे । थारु समुदायलगायत आदिवासी जनजातिले परम्परागत रूपमा उत्पादन गर्दै आएको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिए भए पनि संघीय सरकारबाट कानुनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको मुख्यमन्त्री आचार्यले बताए  ।