![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo.2019-06-14-07-34-10.jpeg)
नवलपुरको देवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजो बुधबारदेखि हराइरहेकी महिला आज बिहीबार मृत फेला परेकी छिन्।
चार साथीहरूसँगै घाँस काट्न गएकामध्ये एकजनालाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो। अन्य दुईजना सकुशल फेला पर्दा एकजना बेपत्ता भएकी थिइन्।
गैँडाको आक्रमणबाट देवचुली– १ मिलन चोकनिवासी ३३ वर्षीया कुमारी आले घाइते भएकी छिन् भने ४७ वर्षकी राममाया सोती बेपत्ता भएकी थिइन्। स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा आज दिव्यमध्यवर्ती सामुदायिक वनभित्र उनको शव फेला परेको हो।
प्रहरीले अहिले घटनास्थलको मुचुल्का बनाउने तयारी गरिरहेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शरीरमा केही चोट देखिएको छ। घटनाको अनुसन्धान भइरहेकाले उनको मृत्युकाे कारण तत्काल भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।