मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २३ बुधबार १८:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्ववियु टिकटको विषयले नेविसंघमा विवाद, शेखर समूहको छुट्टै निर्वाचन तयारी भेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १८:३६:oo

स्ववियु निर्वाचनमा टिकट वितरणको विषयले नेविसंघमा विवाद देखिएको छ। विवादसँगै डा. शेखर कोइरालानिकट नेविसंघ नेताहरूले छुट्टै स्ववियु तयारी भेला गरेको छ।

कोइरालानिकट विद्यार्थी नेताहरूले बिहीबार आरआर क्याम्पसमा नेविसंघ पूर्वअध्यक्षहरू गुरुराज घिमिरे र रञ्जित कर्ण, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतको उपस्थितिमा स्ववियु निर्वाचन विशेष उपत्यकास्तरीय विद्यार्थी भेला आयोजना गरेका हुन्। नेतृ प्रेमिका रानाको संयोजकत्वमा भएको भेलामा उपत्यकाका आंगिक क्याम्पसहरूका स्ववियु पदाधिकारी, आकांक्षीहरू र  विद्यर्थी नेताहरूसँग अन्तर्क्रिया गरिएको थियो। 

नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले ५ चैतमा तय स्ववियु निर्वाचनमा आफ्नो समूहबाट निर्वाचन तयारीका लागि भेला गरेको बताए। भट्टले नेतृत्वले काखापाखा गरेकाले आफ्नो समूहले देशभर स्ववियु निर्वाचनलक्षित भेला गर्ने र काम र लोकप्रियताका आधारमा निर्वाचनमा टिकट वितरण गरेर निर्वाचनमा सहभागी हुने तयारी रहेको बताए।

कार्यक्रममा नेता गुरुराज घिमिरेले नेविसंघले कसैसँग गठबन्धन नगरी स्ववियु निर्वाचन लड्नुपर्ने बताए। तर, चाकरीका भरमा नेविसंघमा टिकट बाँड्ने प्रचलन बढेको भन्दै दुःख व्यक्त गरे। मुख्यमन्त्री कार्कीले नेविसंघले विचार समूहका नाममा काखापाखा भएको भन्दै विद्रोह गर्नुपर्ने बताए।