मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २३ बुधबार १८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत भाग छोप्नेगरी चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १८:२o:oo

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्नेगरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेका छन्।

यसअघिको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संंशोधित गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन्। यो निर्देशिका भदौ ०८२ देखि कार्यान्वयनमा आउनेछ। ‘क्यान्सरको उपचार मात्र हैन, रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौँ।’

यस्ता चेतावनीमूलक सूचनाले सुर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरूले देखाएका छन्। नेपालमा हरेक वर्ष ३७ हजारको सुर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांक छ।

सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकमेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका ०८१ स्वीकृत भएपछि अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा प्रयोगले पार्ने असरसम्बन्धी चेतावनीमूलक चित्र छापिनेछ।  

यस्तो चेतावनीका कारण थाइल्यान्डमा ८५ प्रतिशतले धुम्रपान छाडेको एक अध्ययनले देखाएको छ। यो दर पाकिस्तान तथा म्यानमारमा पनि उच्च रहेको तथ्यांकले देखाएकाे छ।
नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संंशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।