मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
२o८१ माघ २० आइतबार २o:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद

नारदमुनि थुलुङ स्मृति गोल्ड कपः झापा ११ फाइनलमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार २o:२४:oo

उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा जारी दसौँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा झापा ११ फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ।

नारदमुनि थुलुङ स्मृति रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा एभरेस्ट फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ फुटबल क्लब झापा फाइनल प्रवेश गरेको हो। 

झापा ११ लाई जिताउन जर्सी नम्बरका ९ का प्रदीप बुढाथोकीले खेलको पहिलो हाफको ६ मिनेटमै गोल गरे। प्रदीपको सोही गोल निर्णायक हुँदा झापा ११ ले फाइनलका लागि स्थान सुरक्षित गरेको हो। खेलको म्यान अफ द म्याच पनि प्रदीप भएका थिए। 

अब २२ माघ हुने हुने फाइनल खेलमा उपाधिको लागि झापा ११ ले सलहेश फुटबल क्लब सिराहासँग भिड्नेछ। विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख २५ हजार पाउँदा म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईले बताए 

यसैगरी, प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही पाँच हजार नगदसहित कप र मेडल प्रदान गरिनेछ। फाइनलमा पुगेका दुई टोलीसहित आठ टोली सहभागी रहेका थिए।