मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ माघ २० आइतबार १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार

भरुवा बन्दुकसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार १८:२३:oo

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अवैध रूपमा लुकाएर राखेको भरुवा बन्दुकसहित एकजनालाई पक्रउ गरेको छ। 

पाथीभरा याङवरका गाउँपालिका–१, नाङखोल्याङका ४० वर्षीय बृखराज राईलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलसहितको टोलीले राईको घरमा लुकाइछिपाई राखेको अवस्थामा बन्दुक बरामत गरी उनलाई गिरफ्तार गरेको हो। पक्राउ परेका राईलाई मुलुकी संहिता ०७४ बमोजिम हातहतियार तथा खरखजाना ऐनअन्तर्गत छानबिन गरिने बताइएको छ।