मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
२o८१ माघ २० आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार

शान्ति नमुना माविमा एक करोड १७ लाख अक्षयकोषको रकमबाट छात्रवृत्ति वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार १८:o५:oo

रुपन्देहीको तिलोत्तमा-५, मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा आइतबार छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूले स्थापना गरेकाे एक कराेड १७ लाखकाे अक्षयकोषबाट  ६५ जनालाई छात्रवृत्ति वितरण गरिएकाे हाे।

पढाइ तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट तथा अभिभावकविहीन बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक दीपेन्द्र शाक्यले जानकारी दिए । विद्यालयका शिक्षक दिनेश खड्काका अनुसार करिब एक हजार विद्यार्थीले विभिन्न छात्रवृत्ति पाएका छन् । शान्ति नमुनामा करिब ६ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सञ्चालन गरेका गतिविधिको बारेमा अवगत गराउँदै पुण्यकार्यमा योगदान पुर्‍याउने अक्षयकोष दाताहरूलाई आभार व्यक्त गरे । विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले शिक्षा क्षेत्रका बारेमा धारणा राखेका थिए ।

यसअघि आइतबार बिहान प्रभातफेरी कार्यक्रम गरिएको छ । विद्यालयमा क्रियाशील १७ वटा क्लबको सहभागितामा मणिग्राम आसपासमा प्रभातफेरी कार्यक्रम गरिएको संयोजक रजनी केसीले जानकारी दिइन्।

वार्षिकोत्सवको मूल कार्यक्रम २१ माघमा हुनेछ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवं सम्मान कार्यक्रम, नानी मुखपत्रको विमोचन, पिटी प्रदर्शनीलगायत सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कँडेलले जानकारी दिए।