Skip This
नारदमुनि थुलुङ स्मृति गोल्डकपः सलहेश फुटबल क्लब फाइनलमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
२o८१ माघ १९ शनिबार १९:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद

नारदमुनि थुलुङ स्मृति गोल्डकपः सलहेश फुटबल क्लब फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार १९:३७:oo

उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहाको नारदमुनि थुलुङ स्मृति रंगशालामा जारी रहेको नारदमुनि थुलुङ स्मृति गोल्डकपको दसौँ संस्करणको प्रतियोगितामा सलहेश फुटबल क्लब सिराहा फाइनलमा प्रवेश गरेको छ। 

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लब सिराहाले  बागमती फुटबल क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोली गोलरहित भएका थिए। दोस्रो  हाफमा सलहेश फुटबल क्लब सिराहालाई फाइनलमा पुर्‍याउन जर्सी नम्बर १७ का मिलन राईले ५०औँ मिनेटमा र इन्जुरी समयमा गोल गरेका थिए। राईले गरेको दुई गोलले सलहेश फुटबल क्लब सिराहा फाइनलमा प्रवेश गरेको छ। 

आज भएको पहिलो सेमिफाइनल खेलमा म्यान म्यान अफ द म्याचसमेत उनै मिलन राई घोषित भए। प्रतियोगिताअन्तर्गत भोलि शनिबार दोस्रो सेमिफाइनल खेल झापा ११ फुटबल क्लब झापा र एभरेस्ट फुटबल क्लब सुनसरीबिच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल २२ माघमा हुनेछ। विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख २५ हजार पाउँदा म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईले बताए। यसैगरी, प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही पाँच हजार नगदसहित कप र मेडल प्रदान गरिनेछ।