Skip This
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आयोजक उपधिका लागि भिड्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
२o८१ माघ १९ शनिबार १९:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद

टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आयोजक उपधिका लागि भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार १९:३२:oo

पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ साबिक विजेता सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल उपाधिका लागि भिड्ने भएका छन्। यस्तै, पुरुषतर्फ नेपाल प्रहरीको नेपाल पुलिस क्लब र घरेलु टोली गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन्।

प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न महिलातर्फको क्वालिफायरमा आयोजकको टोलीले न्यू डायमन्ड स्पाेर्टस् क्लबलाई ३–१ को सेटमा र पुरुषतर्फ गण्डकीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेका हुन्।

प्रतियोगिताको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल हो। यस्तै, एनसेलले प्रतियोगिताको मुख्य प्रायोजक हो। 

यसअघि शुक्रबार सम्पन्न महिलातर्फको क्वालिफायरमा एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–१ को सेटमा र पुरुषतर्फको क्वालिफायरमा विभागीय डर्बीमा पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेका थिए। 

पाँचौ संस्करणसम्म आइपुग्दा यसअघि महिलातर्फ पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले हात पार्दा त्यसपछिका क्रमशः दोस्रो, तेस्रो र चौथो गरी तीन संस्करणको उपाधि हात पार्दै एपिएफले उपाधिमा ह्याट्रिक गरेको थियो। यसैगरी, पुरुषतर्फ पहिलो संस्करण गण्डकी, दोस्रोमा आर्मी, तेस्रोमा गण्डकी र चौथो संस्करणमा हेल्प नेपाल स्पाेर्टस् क्लबले उपाधि हात पारेका थिए।