Skip This
त्रिदेशीय महिला क्रिकेट : नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ १९ शनिबार १७:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिदेशीय महिला क्रिकेट : नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार १७:२८:oo

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोर्नुपरेको छ।

आज (शनिबार) को दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो। थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन्। नेपालकी मनीष उपाध्यायले २ विकेट लिइन्।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो। नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए। थाइल्यान्डकी थिपचा पुत्थावोङले ३ विकेट लिइन्।

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग २० रनले पराजित भएको थियो। थाइल्यान्डको भने यो लगातार दोस्रो जित हो। थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्डसलाई ८ विकेटले हराएको थियो। प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्डसबिच खेल हुनेछ। लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ।