समाजवादी युवा मोर्चा (योङ कम्युनिस्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ) ले भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाको पक्षमा संयुक्त विरोध प्रदर्शन गरेको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीले सहकारीपीडितलाई न्याय, भष्ट्राचार नियन्त्रणका साथै अहिलेको गठबन्धनविरुद्ध पनि नारा लगाएका थिए ।