Skip This
सात बुँदेमा कांग्रेस दृढ, सरकारले केही राम्रा काम गरेको छ : देउवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सात बुँदेमा कांग्रेस दृढ, सरकारले केही राम्रा काम गरेको छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १५:o५:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठक सम्बोधन गर्दै उनले गत असार १७ गते भएको दुई दलबीचको सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका हुन् ।

‘सात बुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ,’ सभापति देउवाले भने, ‘सहमति कार्यान्वयन हुने छ, अन्य सहयोग दलको निरन्तर सहयोग रहने छ भन्ने मैले विशवास लिएको छु ।’

उनले सरकारलाई दृढ समर्थन रहेको बताउँदै मूल्यांकन गर्न ६ महिना पर्याप्त नहुने बताए । ‘सरकारको मूल्यांकनका लागि ६ महिना मात्रै पर्याप्त होइन’, उनले भने, ‘यसबीचमा केही राम्रा काम भएका छन् ।