Skip This
‘महिला टी–२० आई त्रिकोणात्मक सिरिज’का लागि एनसेलको सहकार्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार o९:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘महिला टी–२० आई त्रिकोणात्मक सिरिज’का लागि एनसेलको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o९:५o:oo

एनसेलले ‘महिला टी–२० आई त्रिकोणात्मक सिरिज’का लागि नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गरेको छ । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । 

यो सिरिजअन्तर्गतको खेल आज बिहीबारदेखि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ । 

सिरिजमा सहभागी टिमहरूले एक–अर्कासँग तीनपटक प्रतिस्पर्धा गर्नेछन् । आजको पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्‍यो । अन्य खेलहरूमा, नेपालले माघ १९ मा थाइल्यान्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्सविरुद्ध, माघ २२ मा थाइल्यान्डविरुद्ध, माघ २३ मा नेदरल्यान्ड्सविरुद्ध र माघ २५ मा फेरि थाइल्यान्डविरुद्ध खेल्नेछ । यो सहकार्य वृद्धि विकास, नवप्रवर्तन र उत्कृष्टताप्रतिको आपसी समर्पणको ज्वलन्त उदाहरण भएको एनसेलले जनाएको छ । 

कम्पनीले खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकताको प्रवद्र्धनमा योगदान दिँदै नयाँ उचाइ हासिल गर्ने लक्ष्य रहेको बताएको छ । ‘नेपाल र आमउपभोक्तालाई सधैँ जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोससँग मेल खान्छ,’ एनसेलको विज्ञप्तिमा उल्लेख छ, ‘यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्छ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धको उदाहरण हो ।’ 

एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा, नेपालमा खेलकुद र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै जनाएको छ । एनसेलले यो वर्षको नेपाल प्रिमियर लिगमा पावर्ड बाई पार्टनरका रूपमा आबद्ध भएको थियो । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।