मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Saturday, 15 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १६ बुधबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गरिमा विकास बैंक र वात्सल्य नेचुरलबिच छुट सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार ११:o९:oo

गरिमा विकास बैंक र वात्सल्य नेचुरल आइभिएफ प्रालिबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरलका डिजिटल तथा मिडिया म्यानेजर नवीनले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकले वात्सल्यमा नेचुरल आइभिएफमा निःसन्तानसम्बन्धी उपचारको प्याकेजमा एकमुस्ट १० हजार रुपैयाँ, प्याथोलोजी परीक्षणमा १० र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका खातावाल ग्राहक, डेबिट तथा क्रेडिट कार्डहोल्डरले वात्सल्य नेचुरलका सबै शाखाबाट छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवापुस्तामा वृद्धि हुँदै गइरहेको निःसन्तानपनको उपचारमा सहयोग पु¥याउने उद्देश्यसहित छुट सम्झौता गरिएको बताइएको छ ।