मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
फाइल तस्बिर
नयाँ पत्रिका मकवानपुर
२o८१ माघ ८ मंगलबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर-काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार १३:४६:oo

सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ । थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रनाउ अर्यालका अनुसार ती दुवै सडक स्तराेन्नतिका लागि गत पुस ७ गते र पुस २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर-काठमाडौं जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए ।