सल्यानबाट चालू आर्थिक वर्षमा ४९ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ। बेमौसमी तरकारी खेतीका लागि परिचित सल्यानबाट ६ महिनामा ४९ करोड १६ लाख ७८ हजार आठ सयबराबरको तरकारी तथा फलफूल निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।
समितिका अनुसार जेठदेखि कात्तिक मसान्तसम्ममा ६२ हजार ३ सय ११ क्विन्टल ताजा तरकारी तथा फलफूल निकासी भएको छ । जिल्लाबाट सबैभन्दा बढी राज्मा सिमी एक सय ७७ रुपैयाँ प्रतिकिलो र सबैभन्दा कम फर्सी प्रतिकिलो १५ रुपैयाँका दरले बिक्री भएको समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए। यहाँबाट सबैभन्दा धेरै २७ हजार पाँच सय ६८ क्विन्टल गोलभेडा बिक्री भएको छ। जसबाट किसानले २४ करोड ५३ लाख ६ हजार ३ सय ६२ रुपैयाँ हात पारेको उनको भनाइ छ।
जिल्लाबाट १२ हजार तीन सय ५४ दशमलव ७२ क्विन्टल बन्दागोभीबाट चार करोड ९४ हजार १८ हजार ८ सय ८०, नौ हजार आठ सय आठ क्विन्टल काउलीबाट आठ करोड २३ लाख ८८ हजार दुई सय ९२, दुई हजार चार सय २९ क्विन्टल सिमीबाट २ करोड ३० लाख ७९ हजार तीन सय, दुई हजार तीन सय ३१ क्विन्टल भेडे खुर्सानी बिक्रीबाट तीन करोड ३२ लाख १९ हजार ६ सय, तीन हजार सात क्विन्टल काक्रोबाट ९३ लाख ३४ लाख आठ सय २८, एक हजार नौ सय ८२ क्विन्टल हरियो खुर्सानीबाट दुई करोड २३ लाख आठ सय ७५ रुपैयाँ, दुई सय ५६ क्विन्टल मुलाबाट ७० लाख चार हजार तीन सय ३० रुपैयाँ, ७२ क्विन्टल भान्टाबाट २८ लाख आठ हजार आठ सय, तीन सय ३० क्विन्टल अकबरे खुर्सानीबाट पाँच करोड २० लाख दुई हजार दुई सय २५ रुपैयाँ भित्रिएको छ।
यस्तै, नौ सय ७३ क्विन्टल सुकेको लसुन बिक्रीबाट ९७ लाख तीन हजार, १० क्विन्टल गाजर बिक्रीबाट ३० हजार, ३१ क्विन्टल चुच्चे करेलाबाट ३१ लाख नौ हजार एक सय ५८ रुपैयाँ, चार सय पाँच क्विन्टल पुरानो अदुवा बिक्रीबाट ५४ हजार ७८ हजार तीन सय, एक सय ४० क्विन्टल नयाँ अदुवा बिक्रीबाट १० लाख ५१ हजार सात सय २५ रुपैयाँ, ७८ क्विन्टल सागबाट ६ लाख ६६ हजार ६ सय ५५ रुपैयाँ, १६ क्विन्टल सुन्तलाबाट १० लाख नौ हजार दुई सय १०, दुई सय २३ क्विन्टल कागतीबाट १५ लाख ७२ हजार १ सय ५० रुपैयाँ, साढे एक क्विन्टल आँपबाट ११ हजार दुई सय ५०, १९ क्विन्टल अमिलोबाट ३२ हजार नौ सय ८० रुपैयाँ, ६९ क्विन्टल धनियाँबाट १० लाख ५७ हजार नौ सय २० रुपैयाँ, १२ क्विन्टल फर्सीबाट १८ हजार रुपैयाँ, २८ क्विन्टल इस्कुसबाट ४८ हजार पाँच सय ३५ रुपैयाँ किसानले हात पारेका छन्।
यस्तै, एक सय नौ क्विन्टल लोकल काँक्रो बिक्रीबाट ४७ हजार आठ सय ५० रुपैयाँ, नौ क्विन्टल आलुबाट ६५ हजार दुई सय ५० रुपैयाँ, २० क्विन्टल बोडीबाट एक लाख ४० हजार रुपैयाँ, दुई सय ७६ क्विन्टल मसिनो खुर्सानीबाट २५ लाख ९६ हजार पाँच सय ६२ रुपैयाँ, दुई सय ७२ किलो तिते करेलाबाट १४ लाख ९९ सय आठ सय ५० रुपैयाँ, ४८ क्विन्टल केराउबाट आठ लाख २० हजार आठ सय रुपैयाँ र दुई क्विन्टल अचार ३० हजार रुपैयाँ आम्दानी भएको शर्माको भनाइ छ।
सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी विशेष गरी दाङ, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी र काठमाडाैंसम्म जाने गर्छ। देशकै दोस्रो ठुलो तरकारी संकलन केन्द्र कपुरकोटमा मंसिरसम्म बजार सञ्चालन हुने गर्दछ। उत्पादित कृषि उपजको यसपटक राम्रो भाउ पाएकाले किसानले पनि उचित मूल्य पाएको अध्यक्ष शर्माले जनाए।