मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २९ सोमबार
  • Tuesday, 14 January, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ पौष २९ सोमबार २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार

चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसइ खड्का पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ पौष २९ सोमबार २o:२७:oo

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन्। सोमबार शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रअन्तर्गत पर्ने चुरे क्षेत्र वनबाट भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन्। खड्का नेपाल प्रहरीका पूर्वअसइ भएको वनका अधिकारीहरूले जनाएका छन्।

शुक्लाफाँटा सबडिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई पक्राउ गरेको हो। 

वनरक्षक खेम साउदले चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरेको बताए। ‘राष्ट्रिय वनमा जडान गरिएको क्यामेराको निरीक्षण गर्न हामी त्यहाँ गएका थियौँ,’ वनरक्षक साउदले भने, ‘चुरे क्षेत्रको गिठे भन्ने ठाउँमा खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखेपछि पक्राउ गरेका हौँ।’ खड्का सिकार गर्नकै लागि चुरे वनमा गएको वनको टोलीले दाबी गरेको छ। भरुवा बन्दुकसहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ। 

इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक झलकप्रसाद शर्माले खड्कामाथि अनुसन्धान भइरहेको बताए। खड्काविरुद्धमा हातहतियारदेखि चोरी सिकारीजन्य गैरकानुनी कसुरमा मुद्दा आकर्षित हुने प्रहरीले जनाएको छ।